
गोदावरी नगरपालिका वडा नं. १ मा रहेका १० वटा क्लब र ३ वटा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको छ। वडाको आर्थिक वर्ष २०८१/०८२ अन्तर्गतको बजेटबाट वितरण गरिएको सामग्रीमा क्रिकेट र फुटबल लगायतका खेलकुद सामग्रीहरू समावेश छन्।


नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्टले खेलकुदको माध्यमबाट युवाहरुलाई दुर्व्यसनबाट टाढा राख्न र खेलप्रति अभिरुचि बढाउन यो पहल गरिएको बताए। उनले भने, “खेल गतिविधिले युवामा सकारात्मक सोच विकास गर्छ, त्यसैले खेल सामाग्री वितरणमार्फत उनीहरूलाई उत्प्रेरित गर्न खोजिएको वताएका छन ।


वितरण गरिएका सामग्रीमा २ थान क्रिकेट ब्याट, २ पिट विकेट, ११ जोर ग्लोभ्स (ब्याटिङ्ग र किपिङ्ग), २ थान बल र १ थान फुटबल रहेको छ।

खेल सामग्री प्राप्त गर्ने क्लब र विद्यालयहरू:
सिर्जनशील युवा क्लब
लाटा भूमिराज युवा क्लब
आदर्श टोल युवा क्लब
बिजयनगर युवा क्लब
सनराइज युवा क्लब

गुह्येश्वरी टोल युवा क्लब
मनहरा युवा क्लब
ब्लु स्काई युवा क्लब
मितेरी युवा क्लब
डॉफे मुनाल युवा क्लब
श्री घण्टेश्वर मावि
श्री गुह्येश्वरी मावि
श्री भागेश्वर आधारभूत विद्यालय




































