
धनगढी उपमहानगरपालिका–१४ डि गाउँकी ३० वर्षीया रूपा चौधरीको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार घरमै लुगा सुकाउने क्रममा विद्युत् तारमा छोइएपछि गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कैलाली अस्पताल धनगढी लगिएको थियो।

तर उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
































