भारतको तेलङ्गानामा औषधी कारखानामा विस्फोट: ३६ जनाको मृत्यु, तीन दर्जन घाइते

Image
Nisarga Hospital

भारतको दक्षिणी राज्य तेलङ्गानामा रहेको एक औषधी कारखानामा सोमबार भएको विस्फोट र आगलागीमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने झन्डै तीन दर्जन घाइते भएका छन्।

CP Hospital Dhangadhi

राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर टाढा रहेको औद्योगिक क्षेत्रको उक्त कारखानामा स्प्रे ड्रायर युनिटमा अचानक विस्फोट भएपछि ठूलो आगलागी भएको हो।

राज्यका दमकल सेवा निर्देशक जीभी नारायण रावका अनुसार घटनास्थलबाट ३४ कामदारका जलेका शव फेला पारिएको छ भने अन्य दुई घाइतेको अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अहिलेसम्म करिब तीन दर्जन घाइतेलाई अस्पतालमा भर्ना गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

Dhnagadhi & Krishanapur