गोदावरीमा लागू पदार्थ दुव्र्यसन रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिकाका १५ सामुदायिक माध्यमिक विद्यालयमा लागू पदार्थ दुव्र्यसन नियन्त्रण तथा रोकथामसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सामाजिक विकास मञ्च, सुदूरपश्चिम प्रदेश अत्तरियाको आयोजना तथा इलाका प्रहरी कार्यालय मालाखेतीको सहजीकरणमा कार्यक्रम संचालन गरिएको थियो।

CP Hospital Dhangadhi
oplus_0

बुधवार दुर्गा लक्ष्मी नमूना माध्यमिक विद्यालय, अत्तरियामा आयोजित समापन कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई लागू औषधका प्रकार, असर, यसको दुष्परिणाम, तथा बच्नका उपायबारे जानकारी प्रदान गरिएको थियो।

oplus_0

nawajiwan

नगर प्रमुख भट्टले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू जोखिमयुक्त उमेर समूहमा पर्ने भएकाले उनीहरू लागू औषध जस्ता कुलतमा फस्ने सम्भावना बढी हुने बताए। यही संवेदनशीलतालाई ध्यानमा राख्दै नगरका प्रत्येक वडामा एक–एक विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।

Attariya Hospital
oplus_0

भट्टले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा अभिभावकहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बालबालिकाको उपस्थिति, गतिविधि तथा अनुशासनका विषयमा विद्यालयसँग निरन्तर समन्वय गर्न आग्रह गरे।

oplus_0

कार्यक्रममा सहभागी विद्यार्थीहरूले आफूहरूले प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने, अन्य साथीहरूसँग बाँड्ने तथा सकारात्मक सोचका साथ आफ्नो व्यक्तित्व विकास गर्ने अठोट व्यक्त गरे।

oplus_0

नगर प्रमुख भट्टले सामाजिक विकास भौतिक पूर्वाधारजतिकै महत्वपूर्ण रहेको स्पष्ट गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।

गोदावरी नगरपालिकाको सहयोगमा १५ विद्यालयहरुमा आयोजना गरिएको लागू औषध दुर्व्यसनी रोकथाम कार्यक्रममा करिब तीन हजार भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो।