गोदावरी–१ मा ५ दिने एलईडी बल्ब उत्पादन तथा मर्मत तालिम सम्पन्न

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा आयोजित ५ दिने एलईडी बल्ब उत्पादन तथा मर्मत तालिम सम्पन्न भएको छ। वडाको आर्थिक सहयोगमा सम्पन्न उक्त तालिममा २० जना स्थानीय युवापिढी लाई प्रमाण पत्र सँगै उत्पादित एलईडी बल्ब समेत बितरण गरेको थियो।

CP Hospital Dhangadhi

तालिमको आयोजना तथा सहजीकरण खप्तड तालिम तथा रोजगार मल्टिप्रपोज द्वारा गरिएको हो। संस्थाकी प्रबन्धक रेणुका रेग्मीका अनुसार, तालिमले युवालाई आत्मनिर्भर बनाउँदै दीर्घकालीन स्वरोजगारको सम्भावना सृजना गरेको बताएकी छिन। उनले भनिन्, “सीपमूलक यस्ता तालिमहरूले युवा पुस्तालाई आफ्नो गाउँघरमै रोजगारको वातावरण तयार गर्न मद्दत गर्ने समेत बताईन ।”

कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले तालिमको प्रभाव र भविष्यका सम्भावनाबारे धारणा राख्दै भने, “यो तालिम केवल प्रविधिको ज्ञान मात्र होइन, स्थानीय स्तरमा स्वरोजगारको ढोका खोल्ने महत्वपूर्ण प्रयास हो। यस्ता तालिमले सीप, आत्मविश्वास र आर्थिक उन्नतिको बाटो खोलिदिने बताएका छन ।”

nawajiwan

Attariya Hospital

उनले थप भने, “हाम्रो नगरपालिका सीपमूलक शिक्षालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ। रोजगारका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यता हटाउन हामी गाउँमै सीपका माध्यमबाट अवसर सिर्जना गर्न चाहन्छौं। आगामी दिनमा थप व्यावसायिक तालिम सञ्चालन गर्ने हाम्रो योजनामा रहेको बताएका छन ।”

१ न. वडाका वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्टका अनुसार, यो तालिम अन्य तालिमभन्दा भिन्न र व्यवहारिक रह्यो। “यो तालिमले युवामा आत्मनिर्भरता विकास गर्ने र भविष्यमा लघु उद्योग स्थापना गर्न सहयोग गर्नेछ,” उनले भने। उनले ३०० भन्दा बढी एलईडी बल्ब तालिमकै क्रममा उत्पादन भएको जानकारी दिए। सहभागीहरूमध्ये प्रत्येकलाई ४–५ थान बल्बसहित तालिम प्रमाणपत्र पनि वितरण गरिएको छ।

नगरपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।