बजेट नीतिगत प्रतिबद्धताअनुसार बनाइएको हो: मन्त्री थापा

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पूर्णरूपमा नीतिगत प्रतिबद्धता अनुरूप तयार गरिएको दाबी गरेका छन्।

CP Hospital Dhangadhi

प्रदेश सभामा बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री थापाले चार बुँदे नीतिगत आधारलाई स्वीकार गरेर बजेट बनाइएको स्पष्ट पारे। उनले भने, “यदि बजेट नीतिगत प्रतिबद्धताविपरीत बनेको प्रमाणित भयो भने प्रदेश सरकार कारबाहीको भागेदार हुन तयार छ।”

मन्त्री थापाले बजेटमा बिचौलिया हावी भएको भन्ने आरोप अस्वीकार गर्दै सरकार कुनै पनि प्रकारको योजना किनबेच वा बिचौलिया प्रवृत्तिको विरुद्ध रहेको बताए।

nawajiwan
Attariya Hospital

योजनासम्बन्धी प्रविधिगत त्रुटिको सन्दर्भमा उनले १ हजारदेखि ५ हजार रुपैयाँसम्मका योजनामा केही प्राविधिक त्रुटि भएको स्वीकार गर्दै त्यस्ता योजना कार्यान्वयनमा नआउने प्रष्ट पारे।

यद्यपि सरकारले १० लाखमुनिका योजना नराख्ने नीतिगत निर्णय गरेको भए पनि केही अति आवश्यक र शीघ्र प्रतिफल दिने योजनाहरूलाई अपवादस्वरूप समावेश गरिएको स्वीकार गरे।

रातो किताबप्रति प्रदेश सभा सदस्यहरूको समग्र सहमति र सकारात्मक प्रतिक्रिया आएको भन्दै मन्त्री थापाले बजेट कार्यान्वयनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिने आश्वासनसमेत दिए।