गृहमन्त्री लेखकको दाबी: एक वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन्

Image
Nisarga Hospital

गृहमन्त्री रमेश लेखकले एक वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन्। बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले सत्तारूढ गठबन्धन (कांग्रेस–एमाले) निरन्तर रहने र देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन पनि नेतृत्व गर्ने स्पष्ट पारे।

CP Hospital Dhangadhi

गृहमन्त्री लेखकले भने,

“मैले पार्टी केन्द्रीय समिति बैठकमा पनि भनेको छु, २०८४ सालसम्म गठबन्धन कायम राख्नुपर्छ। अहिलेको सरकार बनेको एक वर्ष भइसकेको छ, अब एक वर्षपछि शेरबहादुर दाइ प्रधानमन्त्री बन्नुहुन्छ। आगामी निर्वाचन पनि उहाँकै नेतृत्वमा हुन्छ।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

उनले कांग्रेस–एमाले गठबन्धनलाई देशको आवश्यकता भन्दै यसको दीर्घकालीन निरन्तरताको पक्षमा आफू रहेको बताए।

आफूमाथि षड्यन्त्र भएको गृहमन्त्रीको आरोप
गृहमन्त्री लेखकले पछिल्लो समय आफूमाथि राजनीतिक षड्यन्त्र भएको दाबी पनि गरे। उनले कुनै कार्यालयका कर्मचारीमाथि भएको छानबिनलाई जबरजस्ती मन्त्रीसँग जोड्ने काम नियतवश भएको उल्लेख गर्दै यस्तो षड्यन्त्रको उद्देश्य कांग्रेसलाई कमजोर बनाउने रहेको बताए।

“सरकार र गठबन्धनलाई अस्थिर बनाउने र कांग्रेसलाई कमजोर बनाउने प्रयत्न भइरहेको छ,” उनले भने, “यसको नियत विस्तारै प्रस्टिँदै गएको छ।”

अध्यागमन समस्याबारे उच्चस्तरीय समिति गठन
हाल अध्यागमन प्रणालीमा देखिएको समस्या समाधानका लागि सरकार र प्रतिपक्षबीच सहमति अनुसार उच्चस्तरीय समिति गठन भइसकेको जानकारी उनले दिए। गृहमन्त्री लेखकका अनुसार सुदूरपश्चिमको समुचित विकासका लागि सरकार सक्रिय रूपमा अग्रसर रहेको छ।

Dhnagadhi & Krishanapur