अजयमेरु गाउँपालिका सुदूरपश्चिमकै पहिलो पूर्ण संस्थागत प्रसूति पालिका घोषणा

Image
Nisarga Hospital

अजयमेरु गाउँपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पूर्ण संस्थागत प्रसूति सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।

CP Hospital Dhangadhi

‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता – पूर्ण खोप तथा संस्थागत प्रसूति सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित बुधबार विशेष समारोहबीच पालिकालाई सो उपलब्धिका लागि सम्मान गरिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गाउँपालिका अध्यक्ष **उमेशप्रसाद भट्ट ‘विकास’**का अनुसार २०७४ सालमा पारित पहिलो नीति तथा कार्यक्रममा राखिएको लक्ष्यअनुसार घरमै गरिने प्रसूति शून्यमा झरेपछि अजयमेरुले यो उपलब्धि हात पारेको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश पालले आर्थिक वर्ष २०८०/८१ र ०८१/८२ मा जम्मा ४०१ गर्भवतीमध्ये १९१ जना पालिकाभित्रका बर्थिङ सेन्टर र २१० जना बाह्य स्वास्थ्य संस्थामा सुत्केरी भएको जानकारी दिए। यो तथ्यांकले शतप्रतिशत संस्थागत प्रसूति पुष्टि गरेको उनले बताए।

२०८२ वैशाख ३० गतेदेखि असार ३ गतेसम्म सम्पूर्ण वडालाई पूर्ण प्रसूति सुनिश्चितता वडा घोषणा गरिएको थियो। त्यसपछि स्वास्थ्य कार्यालय डडेल्धुराबाट गरिएको भेरिफिकेसनमा पनि कुनै घरमै प्रसूति नभेटिएकाले पालिकालाई औपचारिकरूपमा पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको हो।

गाउँपालिकाले हाल ८ वटा बर्थिङ सेन्टर र १२ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवासहित विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी, गाउँपालिका उपाध्यक्ष बसन्ती पाल, वडाध्यक्षहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र नर्सिङ स्टाफहरूलाई सम्मान पनि गरिएको थियो।

Dhnagadhi & Krishanapur