गोदावरी १० ले सुप समावेशी विद्यालयका बालबालिकाका लागि शैक्षिक सामग्री हस्तान्तरण

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभूत विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकाका लागि गोदावरी नगरपालिका–१० ले शैक्षिक सामग्री सहयोग गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक वडाध्यक्ष शेर बहादुर तामाङ र वडासचिव हिक्मत साउँदको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विष्णा बोहराको सभापतित्वमा सामग्री हस्तान्तरण गरिएको हो।

CP Hospital Dhangadhi

कार्यक्रममा तामाङले अपांगता भएका बालबालिकालाई समावेश गरेर विद्यालय सञ्चालन भइरहेको देख्दा आफू प्रभावित भएको बताउँदै वडाबाट निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए। उनले विद्यालयले बालबालिकाको क्षमतालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

Attariya Hospital

वडाले आगामी आर्थिक वर्षमा पनि सामग्रीका लागि बजेट छुट्याएको जानकारी दिँदै यसपटक २५ हजार रुपैयाँ बराबरका ज्यामेट्रिबक्स, कलर, कपी, बलपेनलगायतका सामग्री वितरण गरिएको जानकारी गराइयो।

nawajiwan