सबैभन्दा ठुलो आक्रमणपछि रूसको चेतावनी : कूटनीतिक समाधान सम्भव छैन

Image
Nisarga Hospital

रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण थालेको पुष्टि भएको छ। यो आक्रमण अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीचको निष्कर्षविहीन टेलिफोन संवादपछि सुरु भएको हो।

CP Hospital Dhangadhi

रूसी क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हाल कूटनीतिक समाधान सम्भव नरहेको भन्दै सैन्य अभियानलाई प्राथमिकता दिइएको बताएका छन्।

युक्रेनी वायु सेनाका अनुसार ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको सो आक्रमणमा कम्तीमा २३ जना घाइते भएका छन्। राजधानी किभसहित विभिन्न सहरहरूमा विस्फोटको आवाज गुन्जिएको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

युक्रेनी राष्ट्रपति जेलन्स्कीले रूस शान्तिको तयारीमा नरहेको बताउँदै अन्तर्राष्ट्रिय समुदायको ठोस दबाबको माग गरेका छन्।

यसबीच युक्रेनले पनि रूसको रोस्तोभ क्षेत्रमा ड्रोन आक्रमण गरेको पुष्टि भएको छ, जसमा एक महिलाको मृत्यु भएको छ।

जर्मन परराष्ट्र मन्त्रालयले रूस अझै बलमा निर्भर रहेको प्रतिक्रिया दिएको छ।

Dhnagadhi & Krishanapur