योजनाको गुणस्तर हेर्दै बडिकेदारमा अनुगमनमा कडाइ

Image
Nisarga Hospital

डोटीः असार मसान्त नजिकिँदै जाँदा निर्माण कम्पनीहरू हतारमा कमसल काम गर्ने प्रवृत्ति देखिएको समयमा डोटीको बडिकेदार गाउँपालिकाले योजनाको गुणस्तर सुनिश्चित गर्न अनुगमनमा कडाइ थालेको छ।

CP Hospital Dhangadhi

गाउँपालिका अध्यक्ष भैरव साउँद, उपाध्यक्ष तथा अनुगमन संयोजक डम्मरी विष्ट (कलेल), प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढा, इन्जिनियर दीपक बम तथा स्थानीय पत्रकारसहितको टोलीले विकास योजनाहरूको स्थलगत निरीक्षण थालेको हो। टोलीले सडक, उद्योगलगायत विभिन्न पूर्वाधार योजनाको कार्यान्वयन अवस्था, निर्माण गुणस्तर तथा सम्झौता बमोजिमको काम भए–नभएको मूल्याङ्कन गरिरहेको छ।

Attariya Hospital

अध्यक्ष साउँदले सम्झौता अनुसार काम नगर्ने ठेकेदारलाई भुक्तानी नदिने स्पष्ट बताए। “काम अनुसार मात्र भुक्तानी हुनेछ,” उनले भने, “सम्झौता उल्लङ्घन गर्नेहरूमाथि आवश्यक कारबाही गरिनेछ।”

nawajiwan

उपाध्यक्ष विष्टले असार मसान्तसम्म काम सक्नुपर्ने दबाबमा ठेकेदारहरूले गुणस्तरमा सम्झौता गर्ने जोखिम देखिएकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गरिएको जानकारी दिइन्।

हालसम्म ग्रामिण कृषि सडकहरू, सुनालेक–घाङल सडक, अल्लो प्रशोधन केन्द्र, मसला उद्योग लगायतका योजनाको अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ।