हिमालयन बैंक अत्तरिया शाखाद्वारा सेभ हाउसलाई सहयोग

Image
Nisarga Hospital

अत्तरिया: हिमालयन बैंक लिमिटेड अत्तरिया शाखाले अत्तरियामा सञ्चालित महिला तथा बालबालिका सेभ हाउसलाई सहयोग प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आज सेभ हाउसलाई खाद्यान्नसहित आवश्यक सामग्री सहयोग गरेको हो।

CP Hospital Dhangadhi
Attariya Hospital

महिला तथा बालबालिका सेभ हाउसका सचिव तिलकराज जोशीका अनुसार बैंकले आश्रय लिएका बालबालिकाहरूका लागि खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको हो।

सहयोग कार्यक्रमबारे बोल्दै बैंक प्रतिनिधिहरूले समुदायप्रति जिम्मेवारी निभाउने उद्देश्यले सामाजिक क्षेत्रमा यस्ता गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिएका छन्।

nawajiwan