मुख्यमन्त्री शाह र सभापति देउवाबीच भेटवार्ता, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

CP Hospital Dhangadhi

शनिबार मुख्यमन्त्री शाह बुढानीलकण्ठस्थित देउवा निवास पुगेर देउवासँग भेट गरेका हुन्। बिहीबार मात्रै शाहले आफ्नै सरकारमा रहेका नागरिक उन्मुक्ति पार्टीका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए।

nawajiwan
Attariya Hospital

यसपछिको राजनीतिक परिदृश्य र सरकारको अवस्थाबारे छलफल गर्न मुख्यमन्त्री शाहले पार्टी सभापति देउवासँग परामर्श गरेका हुन्।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरण र सरकारको आगामी रणनीतिबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक डम्बर बमले जानकारी दिएका छन्।