अमेरिकाको टेक्सासमा भीषण बाढी : ४६ जनाको मृत्यु, २० किशोरी बेपत्ता

Image
Nisarga Hospital

अमेरिकाको टेक्सास राज्यमा शुक्रबारको भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ। सिएनएनका अनुसार मृतकमध्ये १८ जना किशोरी तथा बालिका छन् भने २८ जना वयस्क छन्।

CP Hospital Dhangadhi

बाढीका कारण टेक्सासको प्रसिद्ध बालिका शिविर ‘क्याम्प मिस्टिक’बाट २० जना किशोरी अझै बेपत्ता छन्। केर काउन्टीस्थित ग्वाडलुप नदी किनारमा अवस्थित यस शिविरमा करिब ७०० किशोरी सहभागी थिए। आत्मनिर्भरता र नेतृत्व विकासजस्ता प्रशिक्षणका लागि प्रसिद्ध यो शिविर हरेक वर्ष सयौं किशोरीहरूको आकर्षण केन्द्र हो।

Attariya Hospital

ग्वाडलुप नदीमा आएको बाढीले शिविरमा सहभागी धेरै किशोरीहरूलाई बगाएको आशंका गरिँदैछ। केहीलाई उद्धार गरिएको भए पनि २० जना अझै बेपत्ता छन् र खोजी कार्य तीव्र पारिएको छ।

nawajiwan

बाढीले स्थानीय बस्तीमा ठूलो क्षति पुर्‍याउनुका साथै सडक र पुलहरूमा पनि व्यापक क्षति पुर्‍याएको जनाइएको छ। उद्धार टोलीले प्रभावित क्षेत्रमा आपतकालीन कार्य तीव्र पारेका छन्।