बन्द हुने अवस्थामा पुगेको बयलपाटा अस्पताल अब प्रदेश सरकार मातहत सञ्चालन हुने

Image
Nisarga Hospital

अछाम: आगामी आर्थिक वर्षदेखि बन्द हुने अवस्थामा पुगेको अछामस्थित बयलपाटा अस्पताल अब सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा सञ्चालन हुने भएको छ।

CP Hospital Dhangadhi

आईतबार प्रदेश सरकार र न्याय हेल्थ नेपालबीच भएको सम्झौतापछि अस्पताललाई प्रदेश मातहतमा ल्याउने निर्णय गरिएको हो। सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काको उपस्थितिमा सम्पन्न सम्झौतामा १७ बुँदा समावेश छन्।

सम्झौता अनुसार अस्पतालको पूर्ण स्वामित्व र व्यवस्थापन अब प्रदेश सरकारले गर्नेछ। प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मी र न्याय हेल्थ नेपालका तर्फबाट अध्यक्ष कुन्द दीक्षितले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

nawajiwan
Attariya Hospital

सम्झौता अनुसार आगामी भदौ १ गतेदेखि बयलपाटा अस्पताललाई औपचारिक रूपमा ५० शय्याको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गरिनेछ।

तीन महिना अघि आर्थिक अभावका कारण सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै अस्पतालले सूचना जारी गरेको थियो।

विदेशी सहयोगमा सञ्चालित यस अस्पतालमा अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था ‘पोसिबल’को पहलमा विशेषज्ञसहितका निःशुल्क स्वास्थ्य सेवा दिइँदै आएको थियो। तर पछिल्लो समय विदेशी दाताहरूको सहयोग घट्दै गएपछि अस्पताल आर्थिक संकटमा परेको हो।

बयलपाटा अस्पतालले अछाम, बाजुरा, डोटी लगायतका दुर्गम जिल्लाका नागरिकलाई निःशुल्क सेवा दिँदै आएको छ।