अमेरिकाको टेक्सासमा बाढीले ज्यान गुमाउनेको सङ्ख्या ६८ पुग्यो, बालबालिका सबैभन्दा प्रभावित

Image
Nisarga Hospital

भीषण वर्षासँगै आएको बाढीका कारण अमेरिकाको टेक्सास राज्यमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ। सबैभन्दा धेरै क्षति केयर काउन्टीमा भएको छ, जहाँ २८ बालबालिकासहित कम्तीमा ६८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

CP Hospital Dhangadhi

अन्य काउन्टीहरूमा थप १० जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। केयर काउन्टीका सेरिफ लेरी लियथाका अनुसार हराइरहेका १० जना छात्राको खोजी कार्य तीव्र रूपमा जारी छ। हराइरहेकामा एक जना काउन्सिलर पनि छन्।

Attariya Hospital

स्थिति गम्भीर बन्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रवार टेक्सास पुग्ने सम्भावना रहेको ह्वाइट हाउस स्रोतले जनाएको छ।

nawajiwan

यसबीच, मौसमविद्हरूले आगामी २४ देखि ४८ घण्टासम्म टेक्सासमा अझै मेघगर्जनसहितको भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएका छन्। उद्धार तथा राहत कार्यमा संघीय र स्थानीय निकाय खटिइरहेका छन्।