
डोटी : डोटीमा करेन्ट लागेर सातवटा बाख्रा मरेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ३ जैसीबाजमा बिजुलीको पोल नजिक ग्राउन्डमा चरिरहेको अवस्थामा एक्कासी करेन्ट प्रवाह हुँदा सातवटा बाख्रा मरेका हुन् ।

गाउँ नजिकैको जङ्गलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई स्थानीय भीमबहादुर साउद र भगिराम साउँदका सातवटा बाख्रा मरेको स्थानीयले जनाएका छन् ।

वर्षाको समयमा विद्युत् चुहावट र करेन्ट प्रवाह अवस्थाको बारेमा विस्तृत रुपमा चेकजाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँदले बताए ।
































