सुदूरपश्चिमका निरज विश्वकर्मा नेपाल आइडलको टप १२ मा

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेशबाट एक्लो प्रतिस्पर्धी निरज विश्वकर्मा नेपाल आइडलको १२ औँ स्थानमा पुगेका छन। डोटीको दीपायल–सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल सिजन सिक्सको १२ औँ स्थानमा पुगेका हुन्।

CP Hospital Dhangadhi

उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन्। सुमधुर स्वर र साङ्गीतिक निखारताले भरिपूर्ण निरजलाई अब नेपाल आइडलका अन्य चरणमा पुग्न भोटको आवश्यकता परेको छ।

Attariya Hospital

उनका बुवा प्रतापका अनुसार शनिवार राति साढे ९ बजेरदेखि हुने अनलाइन भोटिङ मङ्गलवार दिउँसो २ बजेसम्म रहेको छ। छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न प्रतापले आग्रह गरेका छन्। सानैदेखि गायन क्षेत्रमा लागेका निरजको उमेर १८ वर्ष मात्र भएको छ। उनी सुदूरपश्चिमका सहित सबै भाकामा पोक्त छन्।

nawajiwan

नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ। उनको भोटिङ कोड एनआइ ०९ रहेको छ। एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एन्सेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ।

Advertize US