झिलिमिली बत्ती र चौडा सडकले फेरियो धनगढीको पहिचान

Image
Nisarga Hospital

अत्तरिया: पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको स्तरोन्नतिसँगै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको स्वरूप परिवर्तन हुँदै गएको छ। क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्च, मालपोत सडक, कैलाली पुलदेखि ट्राफिक चौराहा, डिभोटी होटलदेखि दाहाल टोललगायत १० किलोमिटर सडक नालीसहित स्तरोन्नति भइसकेको छ।

CP Hospital Dhangadhi

सडक किनारमा फुटपाथ, फलामे बार र रङ्गीविरङ्गी बत्ती जडान गरिएको छ। ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत स्मार्ट लाइट, हाइमास्ट, फ्लड लाइट, स्ट्रिप लाइट जडान भएसँगै सहर झिलिमिली देखिन्छ। साँझपख टिकटक र तस्बिर खिच्न युवाहरूको भिड लाग्ने गरेको छ।

Attariya Hospital

धनगढी–अत्तरिया १४.२ किलोमिटर सडक खण्डको छ, चार र आठ लेनमा विस्तार गरिएको छ। मिडियनमा फूल रोपिएको र दुई मिटर चौडा फुटपाथ निर्माण गरिएको छ। परियोजना लागत १ अर्ब ७८ करोड छ।

nawajiwan

तर, मनोहरा र मोहना नदीमाथिका पुल अझै निर्माणाधीन छन्। बर्सेनि डुबान समस्या, नदी कटान र ग्रामीण वडामा आधारभूत सेवा अभावको गुनासो कायमै छ। यद्यपि स्थानीयवासी यज्ञराज भट्ट भन्छन्, “झिलिमिली बत्तीले धनगढी अब कुरुप र फोहोर सहर रहेन।”