
दक्षिण अमेरिकी देश सुरिनामले आफ्नो इतिहासमा पहिलोपटक महिलालाई राष्ट्रपति पदमा चयन गरेको छ। आइतबार भएको मतदानमा संसद्ले डा. जेनिफर गियरलिंग्स–साइमन्सलाई दुई तिहाइ बहुमतले राष्ट्रपतिको रूपमा निर्वाचित गरेको हो।

नेशनल डेमोक्रेटिक पार्टीकी नेता जेनिफरले आगामी जुलाई १६ मा पद तथा गोपनीयताको शपथ लिनेछिन्। पूर्व कांग्रेसी रहिएकी उनले मे महिनामा सम्पन्न निर्वाचनपछि सत्तारूढ नेतृत्व हटाउने उद्देश्यसहित गठबन्धन बनाएर निर्विरोध विजय हासिल गरेकी हुन्।
तेलको सम्भावित उत्पादनले सुरिनामको राजनीतिक महत्व थप बढेको समयमा उनी राष्ट्रपतिको पदमा पुग्न सफल भएकी हुन्। सुरिनामको समुद्री किनार क्षेत्रमा तेल फेला परेको छ र सरकारले सन् २०२८ सम्ममा त्यसको उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ।




“राष्ट्रपतिको पद धेरै ठूलो जिम्मेवारी हो। यो पद सम्हाल्ने पहिलो महिला हुनु गर्वको विषय हो, तर यसले मेरो जिम्मेवारी अझ बढाएको छ,” निर्वाचित राष्ट्रपति जेनिफरले भनिन्।
६ लाख ४६ हजारभन्दा बढी जनसंख्या भएको डच भाषी सुरिनाम अहिले आर्थिक तथा राजनीतिक सङ्कटका बीच नयाँ नेतृत्वको अपेक्षामा रहेको छ।



































