गोदावरीमा वडा अध्यक्षकी बुहारीले पावर टिलर दिलाउने भन्दै १ सयभन्दा बढी किसान ठगिए

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

 अत्तरियाः  गोदावरी नगरपालिका वडा न ६ मा एक वर्षअघि पावर टिलरलगायत कृषि उपकरण अनुदानमा दिने भन्दै १ सयभन्दा बढी किसानबाट लाखौं रुपैयाँ ठगी भएको खुलासा भएको छ।

CP Hospital Dhangadhi

कृषि उपकरण ७५ प्रतिशत अनुदानमा दिने भन्दै किसानबाट २५ प्रतिशत अग्रिम रकम लिइएको थियो। गोदावरी नगरपालिका–६ मा मात्र ११० किसानबाट प्रतिव्यक्ति ७० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म संकलन गरिएको छ।

nawajiwan

२०७८ साल साउनमा रकम उठाएर भदौभित्र कृषि उपकरण उपलब्ध गराउने भनिए पनि अहिलेसम्म किसानले न त पावर टिलर पाएका छन्, न आफूले तिरेको रकम फिर्ता पाएका छन्।

oplus_0

स्थानीय मिरा चौधरी, द्रोपती चौधरी, धनीराम चौधरीलगायतका किसानहरूले विश्वासमा परेर नगद रकम बुझाएको तर रसिदसमेत नपाएको बताएका छन्। उनीहरूले रकम संकलन गर्ने व्यक्ति गोदावरी नगरपालिका–६ का वडाध्यक्ष जागु राम चौधरीकी बुहारी प्रियङ्का चौधरी भएको पुष्टि गरेका छन्।

Attariya Hospital

धनीराम चौधरीले भने, “वडाध्यक्षकी बुहारी भएकाले विश्वास गर्‍यौं, तर अहिले फोन पनि उठाउँदिनन्, उल्टै बोल्न नदिएर झपार्ने गर्छिन्।” उनका अनुसार आफूहरूले प्रमाण माग्दा ‘मै आफैँ प्रमाण हुँ’ भनेर रसिद दिन अस्वीकार गरिएको थियो।

oplus_0

यो घटनामा संलग्न व्यक्तिहरूमध्ये सुरो नेपाल नामक संस्थाको अध्यक्ष सुशीला खड्का (ओझा) र प्रियङ्काकी आमा सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरू दुवैलाई कञ्चनपुर जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

वडाध्यक्ष जागु राम चौधरीले आफू यस घटनामा संलग्न नरहेको दाबी गरेका छन्। उनले भने, “मैले सुरुमा नै यो काम ठिक छैन भनेको थिएँ, तर बुहारीले मानेनन्। पछि किसानहरूले पनि मलाई सोध्न थाले। मैले यो विषयमा जानकारी नभएको भनेको थिएँ।”

उनले वडाबाट कुनै अनुमति नदिएको र यो निजी लेनदेनमा आफूको संलग्नता नरहेको जिकिर गरे।

कृषि उपकरण वितरणको नाममा सुरु नेपाल संस्थामार्फत गोदावरी नगरपालिका मात्र नभई कैलालीका अन्य पालिकाहरू, कञ्चनपुर, बाँके र बर्दियाका किसान पनि ठगिएका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट ठगीसम्बन्धी उजुरी परेपछि जेठ १७ गते सुरो नेपालकी अध्यक्ष खड्का र सुनिता चौधरीलाई काठमाडौंबाट पक्राउ गरिएको थियो।