शैल्यशिखर पूजन जात्रा सुरु, भक्तजनहरूको घुइँचो

Image
Nisarga Hospital

दार्चुलाको शैल्यशिखरधाममा प्रत्येक वर्षझैँ यस वर्ष पनि असार शुक्लचतुर्दशीका अवसरमा पूजन जात्रा सुरु भएको छ। शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमा क्षेत्रस्थित पवित्र धार्मिकस्थलमा दर्शन र पूजाआजाका लागि देश–विदेशका श्रद्धालुहरूको भीड बढ्न थालेको छ।

CP Hospital Dhangadhi

मालिकार्जुन मन्दिर विकास समितिका अध्यक्ष धिर्कसिंह धामीका अनुसार यस वर्ष असार शुक्लचतुर्दशी तिथि बुधबार (भोलि) परेको छ र जात्राका सबै तयारी पूरा भइसकेका छन्। जात्रामा सहभागी भई शुद्ध मनले दर्शन गर्नाले मनोकामना पूरा हुने, निसन्तानलाई सन्तान प्राप्त हुने र पुण्य लाभ हुने धार्मिक विश्वास रहिआएको छ।

पूजन जात्रामा सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लाका साथै भारतको उत्तराखण्डस्थित धारचुला, डिडिहाट, मुन्स्यारी, पिथौरागढ, अस्कोट, चम्पावत र पिपलीबाट समेत भक्तजनहरू आउने गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

शैल्यशिखरधाममा हरेक वर्ष असार शुक्लचतुर्दशी र कात्र्तिक शुक्लत्रयोदशी तिथिमा पूजन जात्रा लाग्ने परम्परा रहेको छ। धार्मिक र सांस्कृतिक महत्त्वका कारण नेपाल सरकारले सन् २०६५ मा मालिकार्जुन मन्दिरलाई देशकै सातौँ धामका रूपमा घोषणा गरेको थियो।

जात्राको अवसरमा शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले स्थानीय बिदा दिएको पनि अध्यक्ष धामीले जानकारी दिए।

Dhnagadhi & Krishanapur