आजदेखि धनगढी – पोखरा स्तरीय भिआईपी सोफा एसी बस संचालनमा

Image
Nisarga Hospital

कैलाली: सुन्दर सुदुरपश्चिम यातायात प्रालीले आजबाट धनगढी – पोखरा रुटमा स्तरीय भिआइपी सोफा एसी बस संचालनमा ल्याएको छ । उक्त सेवाको कैलालीका प्रमुख जिल्ला अधिकारी ई. गोगन बहादुर हमालले उदघाटन गरेका छन ।

CP Hospital Dhangadhi

उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी हमालले धनगढी – पोखरा रुट्मा संचालन हुने बसको निरन्तरताको शुभकामना दिए । यातायात संचालनले सुदुरपश्चिमलाई अन्य प्रदेशसंग समेत जोड्ने भएकोले यसले धार्मिक, सास्कृतिक र पर्यटनलाई समेत टेवा पुराउने प्रमुख जिल्ला हमालले बताए । उनले अहिले बर्षाको समय भएकाले त्यतातिर समेत ध्यान दिएर सवारीसाधान संचालन गर्न आग्रह गरे ।

nawajiwan

त्यस्तै कार्यक्रममा कैलाली जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बाल नरसिंह राणाले सवारी संचालनका क्रममा नियमको परिधिमा रहि सेवाग्राहीलाई सेवा दिन आग्रह गरे ।

यस्तै उदघाटन कार्यक्रममा बोल्दै नेपाल यातायात ब्यबासायी राष्ट्रीय महासंघका सुदुरपश्चिम प्रदेश संयोजक टेकराज जोशीले यात्रुहरुको पहिलो रोजाईमा रहेको यस यातायात प्रालीले आजदेखि संचालनमा ल्याउन लागेको भिआइपी सोफा एसी बसले झन दिगो बनाउने बिश्वास लिएको बताए ।

Attariya Hospital

अहिलेको खस्कदो आर्थिक मन्दिमा पनि करौडौ रकम खर्चेर स्तरीय भिआइपी सोफा एसी बस संचालनमा ल्याउन हिम्मत गर्ने ब्यबसायीहरुको ब्यबसायीक सफलताको शुभकामना दिदै कैलाली उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले यो बस सेवाले पर्यटको क्षेत्रले ठुलो टेवा पुराउने बताए ।

प्रालीका अध्यक्ष पदमराज सापकोटाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धि बहादुर खड्का, यातायात ब्यबसायी तथा मजदुर संगठनका प्रमुख तथा प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए ।

धनगढी बसपार्क बाट दिउसो १२ बजे पोखराका लागि बस छुट्ने छ भने पोखराबाट धनगढीका लागि पोखरा बसपार्कबाट दिउसो १२:३० बजे बस छुट्ने प्रालिका महासचि सुरेन्द्र बोहराले बताए ।