गोदावरीमा भीषण वर्षाले संरचनात्मक क्षति, ६ जनाको सकुसल उद्दार

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

कैलाली: कैलालीको गोदावरी नगरपालिकामा आज मध्यान्हतिरको भीषण वर्षाका कारण संरचनात्मक क्षति पुगेको छ। नगरपालिकाको पश्चिमतर्फ रहेको पर्खाल भत्किएको छ। केही वर्षअघि एडीबीको सहयोगमा निर्माण गरिएको यो पर्खाल कमजोर जमिनका कारण भत्किएको जनाइएको छ।

oplus_0

लगातार एक घण्टासम्म परेको भारी वर्षाका कारण गोदावरीलगायत कैलालीका विभिन्न स्थानमा जलमग्नता भएको छ। अत्तरिया चोक पूर्णतः डुबानमा परेको छ भने नदी तथा खोलाहरूमा पानीको बहाव तीव्र रुपमा बढेको छ।
oplus_0

यसैबीच, कञ्चनपुरको झलारीबाट श्राद्ध गर्न गोदावरी आएका ६ जना व्यक्ति नदीको टापुमा फसेका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनीहरूको सफल उद्धार गरेको छ ।
oplus_0

गोदावरी नगरपालिका नगर प्रमुख बिरेन्द्र भट्टले नगर प्रहरी र उपलब्ध स्रोतसाधन प्रयोग गरी पानीको निकास तथा उद्धार कार्य तीव्र पारिएको जानकारी दिए।

CP Hospital Dhangadhi

साथै, भत्किएको पर्खालको अवस्थाबारे बोल्दै उनले दलदले जमिन र कमजोर संरचनाका कारण समस्या आएको जनाउँदै आगामी दिनमा बलियो र दिगो संरचना निर्माणतर्फ नगर अघि बढ्ने प्रतिबद्धता जनाए।

Attariya Hospital
oplus_0
nawajiwan