बाजुराको बडिमालिका मन्दिरको पुनर्निर्माण सम्पन्न, सर्वसाधारणका लागि खुला

Image
Nisarga Hospital

बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुनर्निर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ।

CP Hospital Dhangadhi

सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको थियो। यद्यपि निर्माण लागतबारे कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दायराभित्र रही पुरातत्त्व विभागबाट स्वीकृत डिजाइन, त्रिवेणी नगरपालिकासँगको समन्वय र परम्परागत सामग्रीको प्रयोग गर्दै मन्दिरलाई पुरानै मौलिक स्वरूपमा पुनः निर्माण गरिएको हो।

nawajiwan
Attariya Hospital

सेनाले जारी गरेको जानकारी अनुसार, विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र निर्माण सामग्री व्यवस्थापनको चुनौतीबीच पनि रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, मन्दिरका पुजारी, त्रिवेणी भक्तपुर र ललितपुरका कारीगर तथा स्थानीयवासीहरूको सहयोगमा करिब दुई महिनामा काम सम्पन्न गरिएको हो।

पुनर्निर्माणसँगै मन्दिर सर्वसाधारणको लागि खुला गरिएको छ। ४ हजार २ सय १९ मिटरको उचाइमा अवस्थित बडिमालिका नेपालकै प्रमुख धार्मिक गन्तव्यहरूमध्ये एक हो, जहाँ प्रत्येक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्छ। बडिमालिका नेपालका चार प्रमुख धाममध्ये एकको रूपमा समेत परिचित छ।