गोदावरी नगरपालिकाको ८२.८४ प्रतिशत बजेट खर्च, नगर प्रमुख भट्टले दिए धन्यवाद

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा स्वीकृत बजेटमध्ये ८२.८४ प्रतिशत खर्च गर्न सफल भएको छ। नगरपालिकाका अनुसार चालु खर्चतर्फ ८५.९८ प्रतिशत र पूँजीगत खर्चतर्फ ७७.३ प्रतिशत बजेट खर्च भएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाको पूँजीगततर्फ विनियोजित बजेट ४४ करोड ७० लाख २७ हजार रुपैयाँमध्ये ३४ करोड ५५ लाख ६४ हजार ७२० रुपैयाँ खर्च भएको र १० करोड १४ लाख ६२ हजार २८० रुपैयाँ मौज्दात रहेको लेखापाल प्रकाश भट्टले जानकारी दिए।

त्यस्तै, चालु तर्फ विनियोजित ७८ करोड ९१ लाख २३ हजार रुपैयाँमध्ये ६७ करोड ८५ लाख २६ हजार ८९२ रुपैयाँ ६० पैसा खर्च भएको र ११ करोड ५९ लाख ६१०७ रुपैयाँ ४० पैसा मौज्दात रहेको छ।

nawajiwan

समग्रमा १ अर्ब २३ करोड ६१ लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा १ अर्ब २ करोड ४० लाख ९१ हजार ६१२ रुपैयाँ ६० पैसा खर्च गरिएको हो।

Attariya Hospital

प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले गोदावरी नगरपालिकाको समग्र बजेट कार्यान्वयन प्रक्रियालाई व्यवस्थित ढंगले सम्पन्न गर्न प्रशासनिक टिम, प्राविधिक कर्मचारी, जनप्रतिनिधि र स्थानीयबासीको सक्रिय सहयोग प्रशंसायोग्य रहेको बताए। उनले आगामी आर्थिक वर्षमा अझ प्रभावकारी ढंगले योजना कार्यान्वयन गरिने प्रतिबद्धता समेत जनाए।

नगर प्रमुख बिरेन्द्र भट्टले सामाजिक सञ्जालमार्फत सम्पूर्ण टीमलाई धन्यवाद दिँदै लेखेका छन्,

“गोदावरी नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत योजनाहरुको कार्य सम्पादन र भुक्तानी प्रक्रिया सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा प्रमुख प्रशासकीय अधिकृतज्यू, लेखापालज्यू सहित सम्पूर्ण कार्यालय परिवार, जनप्रतिनिधि र सेवा प्रवाहमा संलग्न सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। समृद्ध गोदावरी निर्माणको यात्रामा तपाईंहरूको निरन्तर साथ र सहयोगले अझ ठूलो प्रेरणा मिलेको छ। धन्यवाद!”

तर, संघीय सरकारबाट राजस्व बाँडफाँड अन्तर्गतको ४ करोड ५८ लाख र समानीकरण अनुदानअन्तर्गतको १ करोड ५४ लाख रुपैयाँ हालसम्म प्राप्त नभएकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का योजना कार्यान्वयनमा असर पर्न सक्ने अनुमान गरिएको जानकारी दिए ।