सुदूरपश्चिममा असारमामात्रै नौ अर्ब १० करोड खर्च

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै बजेट खर्चेको प्रदेश सरकारले असारमामात्रै नौ अर्ब १० करोड रुपियाँ खर्च गरेको हो ।

CP Hospital Dhangadhi

यस आर्थिक वर्षमा प्रदेश सरकारले कुल २२ अर्ब २८ करोड (७०.५० प्रतिशत) बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । जसमा पुँजीगत खर्च १२ अर्ब ४७ करोड (६६.५० प्रतिशत), चालु खर्च नौ अर्ब ८० करोड (७६.८१ प्रतिशत) रहेको प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीले जानकारी दिए।

Attariya Hospital

कुल ३१ अर्ब ५३ करोड ६६ लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत जेठ मसान्तसम्म १३ अर्ब १८ करोड रुपियाँ बजेट खर्चेको थियो । असार २५ गतेमात्रै एकैदिन दुई अर्बभन्दा बढी रकम भुक्तानी भएको जोशीले बताए।

nawajiwan