विश्वासको मतबारे कानुनी छलफल जारी छ – मुख्यमन्त्री कमल शाह

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमबहादुर शाहले विश्वासको मत लिने वा नलिने विषयमा हाल कानुनी बहस चलिरहेको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न परिस्थिति कानुनी रुपमा विश्लेषण भइरहेको स्पष्ट पारे।

CP Hospital Dhangadhi

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको हो। संविधानअनुसार सत्तारूढ गठबन्धनका कुनै घटकले समर्थन फिर्ता गरेमा सरकार प्रमुखले विश्वासको मत लिनुपर्ने प्रावधान छ। यद्यपि, नागरिक उन्मुक्ति पार्टीको समर्थन नहुँदा पनि मुख्यमन्त्री शाहसँग स्पष्ट बहुमत रहेको चर्चा चलिरहेको छ।

Attariya Hospital

कार्यक्रममा शाहले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त गठबन्धनबाट वर्तमान सरकार बनेको बताए। उनले अन्य दलहरूलाई समेत सरकारमा समावेश गरिसकेको जानकारी दिँदै, “समर्थन फिर्ता गरे पनि नागरिक उन्मुक्ति पार्टी मन्त्रीपरिषद्मा पुनः फर्किनेमा मलाई विश्वास छ,” भने।

nawajiwan

मुख्यमन्त्री शाहका अनुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत सरकारको विषयमा छलफल गरिसकेका छन्। असार २२ गते शाह स्वयंले पनि बर्दियामा चौधरीसँग भेटघाट र संवाद गरेका थिए।