एसईईको नतिजा सुधार गर्ने धनगढीका सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान

Image
Nisarga Hospital

अत्तरिया : धनगढी उपमहानगरपालिकाले एसईईको नतिजामा सुधार गरेको भन्दै सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गरेको छ। बुधवार औपचारिक कार्यक्रम आयोजना गरी परीक्षामा सहभागी भएका २६ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई सम्मान गरिएको हो। यस्तै संस्थागत विद्यालय तर्फका व्यक्तिलाई पनि सम्मान गरेको हो । सामुदायिक तर्फ सम्मान कार्यक्रममा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने त्रिभुवन माध्यमिक विद्यालयका छात्र अशोक अवस्थीलाई समेत सम्मान गरिएको छ। उप प्रमुख कन्दकला कुमारी रानाले प्रधानाध्यापक र छात्र अवस्थीलाई माला लगाएर सम्मान गरेकी हुन्।

CP Hospital Dhangadhi

धनगढीका सामुदायिक विद्यालयको २०८० को एसईईमा २६ दशमलव ९७ प्रतिशत उत्तीर्ण भएका थिए भने २०८१ को नतिजा सुधार गर्दै ५४ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ। सम्मान कार्यक्रममा सत प्रतिशत नतिजा हासिल गर्न सफल धनगढी १४ को सर्वोदय माध्यमिक विद्यालय, ९३ दशमलव ५ प्रतिशत नतिजा ल्याउने धनगढी ५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालय र ७८ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको धनगढी ३ को त्रिभुवन माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो।

Attariya Hospital

धनगढीका २६ सामुदायिक विद्यालय मध्ये २३ विद्यालयले गत वर्षको तुलनामा नतिजामा व्यापक सुधार गरेको उपमहानगरपालिकाले जनाएको छ।

nawajiwan