बैतडीको पाटन नगरपालिकाको लेखा शाखामा तालाबन्दी, उपप्रमुखको नेतृत्वमा विरोध

Image
Nisarga Hospital

बैतडीः आर्थिक अनियमितताको आरोप लगाउँदै बैतडीको पाटन नगरपालिका लेखा शाखामा बिहीबार तालाबन्दी गरिएको छ। नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराको नेतृत्वमा दिउँसो करिब ४ बजे लेखा शाखामा तालाबन्दी गरिएको हो।

CP Hospital Dhangadhi

उपप्रमुख बोहरासहित कार्यपालिकाका पाँच जना सदस्यहरूले लेखा शाखामा अनियमितता भएको भन्दै कडा आपत्ति जनाएका हुन्। उनीहरू विगतदेखि नै कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण हुनुपर्ने माग गर्दै आइरहेका छन्।

Attariya Hospital

यसैबीच बिहीबारका लागि तय गरिएको कार्यपालिका बैठक पनि निष्कर्षविहीन रूपमा सकिएको छ। उपप्रमुखको कार्यालयका अनुसार तालाबन्दीको जानकारी नगरप्रमुख गौरीसिंह रावललाई दिइएको छ।

nawajiwan

तालाबन्दीपछि नगरपालिकाको आन्तरिक प्रशासनमा असर परेको छ भने आर्थिक पारदर्शिताको माग अझ चर्किएको देखिन्छ। घटनाबारे थप प्रतिक्रिया आउन बाँकी छ।