सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई फेरी सरकारमा फर्काउने प्रयास

Image
Nisarga Hospital

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी पुनः मन्त्रीपरिषद्मा फर्किने सत्तापक्षले विश्वास लिएको छ । दुवै पक्षका शीर्ष नेतृत्वबिच भेटघाट छलफल भइरहेकाले सो पार्टी पुनः सरकारमा फर्किने सत्तापक्षका नेताले दाबी गरेका छन् । नागरिक उन्मुक्तिका तर्फबाट मन्त्रीपरिषद्मा सहभागी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई गतसाता मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट बर्खास्त गरेका थिए

CP Hospital Dhangadhi

आफ्नो पार्टीको मन्त्री बर्खास्तीमा परेपछि नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेश सरकारको साथ छोडेको छ । यो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले झन्डै दुई तिहाइ बहुमतको साथ गुमाएको छ भने नागरिक उन्मुक्ति पार्टी विपक्षी कित्तामा पुगेको छ । यद्यपि, मुख्यमन्त्रीसँग अझै स्पष्ट बहुमत रहेको छ । सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्‍याउन २७ जनाको समर्थन आवश्यक पर्छ । मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) का ११ गरी २९ जना प्रदेश सभा सदस्यको साथ छ । यसअघि उहाँलाई ३६ जना प्रदेश सभा सदस्यको साथ रहेको थियो ।

Attariya Hospital

काम गर्न असहज भएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाएका थिए। मन्त्रीलाई हटाउँदा नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिइसकेपछि मुख्यमन्त्रीको दौडधुप भेटघाट बढेको छ । नागरिक उन्मुक्ति पार्टी बाहिरिएपछि उहाँले गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर घटनाक्रम सुनाएका थिए । त्यसलगत्तै मुख्यमन्त्रीले आइतबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई बर्दियामा भेटेका थिए ।
यो प्रदेशमा कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनाई अरू पार्टीलाई सरकारमा सहभागी गराएको मुख्यमन्त्रीको भनाइ थियो । काम गर्न असजिलो भएपछि सरकारले व्यक्तिलाई हटाउँदा सिङ्गो पार्टीले सरकारै छोड्नुपर्ने कारण नरहेको सत्तापक्षको जिकिर छ । सरकारबाट हट्ने निर्णयलाई एक दिन नागरिक उन्मुक्ति पार्टीले पुनर्विचार गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए । प्रदेश सभामा चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य छन् । सभामा निर्णायक यो दललाई कुनै बेला मुख्यमन्त्री शाहले मुख्यमन्त्री बनाउनेसम्मको ‘अफर’ दिएका थिए । अहिले उनले नै सो पार्टीलाई विपक्षीको बेन्चमा पु¥याइ दिएका छन् । आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले अब त्यसबाट पछाडि नहट्ने नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

nawajiwan