चिया बेचेर भाईरल भएकी आशिकाले धनगढीमा सुरु गरिन् ‘खाजा चौतारी’

Image
Nisarga Hospital

सडकमा चिया बेचेर चर्चा कमाएकी आशिका ओलीले धनगढीमा आफ्नो क्याफे ‘खाजा चौतारी’ सञ्चालनमा ल्याएकी छिन्। धनगढीको एक्सिस स्कुल नजिकै तारानगरमा रहेको उक्त क्याफेको शनिबार उद्घाटन आफ्नै आमाको हातबाट गरिएको हो।

CP Hospital Dhangadhi

धनगढीका सडक–सडकमा थर्मसमा चिया बोकेर हिँड्ने आशिकाले अहिले आफ्नै व्यवसायिक क्याफे खोल्न सफल भएकी हुन्।
“सुरुमा लाज नमानी सडकमा चिया बेच्दा धेरैले हौसला दिनुभयो। आज त्यही प्रेरणाले मलाई आफ्नो क्याफे खोल्नसम्म ल्यायो,” सञ्चालिका ओलीले भनिन्।

उनले देशमै सानातिना पेसा–व्यवसाय गर्न युवाहरुलाई प्रेरणा दिन सकुँ भन्ने उद्देश्यले यो खाजा चौतारी सञ्चालनमा ल्याएको बताएकी छिन्।

nawajiwan
Attariya Hospital

‘खाजा चौतारी’ मा विशेष रूपमा चियाका पारखीका लागि ‘स्यान्ड टी’ र ‘स्यान्ड कफी’ उपलब्ध छन्। मध्यपूर्वी देशहरूमा प्रचलित यो शैलीमा बालुवामाथि पित्तल वा तामाका भाँडोमा भकभकाउँदै पकाइने चियालाई स्यान्ड टी भनिन्छ।

क्याफेमा चिया बाहेक नेवारी खाजा सेट, स्पाइरल आलु, मस्टर्ड चाउमिन लगायतका परिकारहरू पनि उपलब्ध छन्।

सञ्चालिका आशिका ओलीका अनुसार, सस्तो मूल्यमा स्वादिलो खाजाका परिकारहरू उपलब्ध गराउँदै स्थानीय स्वाद र आत्मनिर्भर सोचको प्रतिनिधित्व गर्ने उद्देश्य रहेको छ।

Advertize US