स्वास्थ्य र शिक्षामा कृष्णपुर नगरको लगानी : घरदैलो अभियानमा ३२ हजार बढी नागरिकको स्वास्थ्य परीक्षण

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

कृष्णपुर : कृष्णपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा निरन्तर लगानी गर्दै आएको छ। नगरपालिकाले सञ्चालन गरेको ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत हालै सम्पन्न घरदैलो स्वास्थ्य परीक्षण अभियानमा ३२ हजार ५ सय ५५  बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ।

CP Hospital Dhangadhi

नगरप्रमुख हेमराज ओझाको अग्रसरतामा कृष्णपुर नगरपालिकाले जनस्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ। ‘नागरिकसँग मेयर’ कार्यक्रमअन्तर्गत हालै सम्पन्न घरदैलो स्वास्थ्य परीक्षण अभियानमा ३२ हजारभन्दा बढी नगरवासीको स्वास्थ्य परीक्षण गरिएको छ, जुन यस क्षेत्रमै अभूतपूर्व मानिएको छ।

nawajiwan

उक्त अभियानमा नगरका स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, वडा प्रतिनिधिहरूको समन्वयमा नगरका सबै वडामा पुगेर नागरिकको स्वास्थ्य अवस्था परीक्षण गरियो।

अभियानमा उच्च रक्तचाप, मधुमेह, युरिनमा प्रोटिनको मात्रा, कुष्ठरोग, टीबी, तथा खोप छुट भएका बालबालिकाको पहिचान गरी तुरुन्तै उपचार प्रक्रिया सुरु गरिएको छ।

oplus_0

नगरप्रमुख ओझाको निर्देशनमा अब प्रत्येक वर्ष यस्तो स्वास्थ्य परीक्षण कार्यक्रम संस्थागत गरिनेछ। साथै, उनले कृष्णपुर स्वास्थ्य चौकीमा आइसियु सुविधा सहितको सर्पदंश उपचार सेवा सञ्चालनको तयारी गरिरहेको बताए। सर्पदंश जस्ता आकस्मिक स्वास्थ्य समस्यामा तत्काल उपचार होस् भनेर बजेट विनियोजनसहित पूर्वाधार निर्माणको काम अघि बढाइएको छ।

यस्तै, नगरमा निःशुल्क ९८ प्रकारका औषधि, निःशुल्क एम्बुलेन्स सेवा, विशेष स्वास्थ्य शिविर लगायतका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ।

oplus_0
Attariya Hospital

स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले भने, “हामीले नगरका सबै वडामा पुगेर सेवा उपलब्ध गरायौँ। परीक्षणपछि देखिएका समस्या समाधानका लागि आवश्यक औषधि, परामर्श र रिफर सेवा पनि उपलब्ध गराइएको छ। यो कार्यक्रमले समुदायस्तरसम्म स्वास्थ्य सेवा पुर्‍याएको छ।”

oplus_0

नगर उपप्रमुख द्रोपदी रानाले अभियानको सामाजिक पक्षलाई जोड दिँदै भनिन्, “हाम्रो अभियानले महिला, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा र दीर्घरोगीहरूको स्वास्थ्य सुरक्षामा गम्भीर चासो देखाएको छ। यो मात्र कार्यक्रम होइन, जनताको विश्वास जित्ने माध्यम पनि हो।”

oplus_0

स्वास्थ्य परीक्षणका क्रममा उच्च रक्तचाप, मधुमेह, युरिनमा प्रोटिनको मात्रा, कुष्ठ र क्षयरोगका नयाँ केसहरू पहिचान हुनु तथा खोप छुट भएका बालबालिकालाई लक्षित उपचार प्रक्रिया सुरु गर्नु नगरको सार्वजनिक स्वास्थ्यप्रतिको प्रतिबद्धता दर्शक उदाहरण बनेको छ।

oplus_0

यसैगरी, कृष्णपुर नगरपालिकाले शिक्षामा समेत ‘गुणस्तरयुक्त शिक्षा सबैका लागि’ भन्ने लक्ष्यसहित विद्यालय सुधार, शिक्षक क्षमता अभिवृद्धि र डिजिटल माध्यममार्फत सिकाइ प्रणाली सुदृढ गर्ने विभिन्न योजना सञ्चालन गरिरहेको छ।

नगरपालिकाले स्वास्थ्य र शिक्षालाई समान प्राथमिकतामा राख्दै जनताको जीवनस्तर सुधारमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ।