छाउपडी सामाजिक प्रश्न मात्र होइन मानव अधिकारको पनि उल्लंघन हो : तामाङ

Image
Nisarga Hospital

अत्तरिया : संघीय सांसद तारा लामा तामाङले समाजमा जरो गाडेर बसेको छाउपडी सामाजिक प्रश्न मात्र नभई मानव अधिकारको पनि गम्भीर उल्लंघन रहेको बताएका छन् । महिनावारी भएपछि गोठमा सुत्नुपर्ने छाउपडी उन्मूलनका लागि सरकारले अझ प्रभावकारी सचेतनामूलक कार्यक्रम अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

CP Hospital Dhangadhi
Attariya Hospital

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कञ्चनपुरबाट निर्वाचित एमाले सांसद तामाङले आफ्नो गृहजिल्लाको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा सुतिरहेको वेला सर्पले डसेर ज्यान गएको घटनाको संसद् र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय सरकार र समुदायको समन्वयमा छाउप्रथासम्बन्धी भएको कानुन पूर्ण रूपमा लागू गरी सबै मिलेर यो कुरितिको अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । दमाईको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको, श्रीमान भारतमा रहेको र तीन छोरा १५ वर्षमुनिका रहेकाले परिवारलाई राहत तथा आर्थिक सहयताको लागि पनि उनले अनुरोध गरे ।

nawajiwan