
कैलालीको अत्तरियास्थित दुई व्यवसायिक प्रतिष्ठानमा कर छलीको आशंकामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगन हमालको नेतृत्वमा छापा मारिएको छ।

गोप्य सूचनाका आधारमा गोदावरी नगरपालिका–१ का ‘न्यु सुरुची ट्रेडर्स’ र ‘पिंकु वस्त्रालय’ मा त्रिनगर भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो।

टोलीले पसलमा रहेका सम्पूर्ण सामान गनेर बिलबिजक नियन्त्रणमा लिएको छ। सीडीओ हमालका अनुसार ती प्रतिष्ठानले भारतबाट अवैध रूपमा सामान भित्र्याउने गरेको सूचनाका आधारमा अनुगमन गरिएको हो।

संकलित विवरणको अध्ययनपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।





























