डडेल्धुरा अस्पताल स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुबाट हटाइयो

Image
Nisarga Hospital

स्वास्थ्य बीमा बोर्डले सुदूरपश्चिमको एकमात्र संघीय अस्पताल डडेल्धुरा अस्पताललाई प्रथम सेवा बिन्दुबाट हटाएको छ। अब अस्पतालले साउन १ गतेदेखि सो सेवाका लागि बीमा सुविधा प्रदान गर्न नसक्ने जनाएको छ।

CP Hospital Dhangadhi

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नरेन्द्रकुमार खनालद्वारा जारी सूचनामा, डडेल्धुरा अस्पताललाई प्रेषण केन्द्रका रूपमा मात्र सूचिकृत गरिएको उल्लेख गरिएको छ।

नयाँ व्यवस्था अनुसार, बीमित बिरामीले डडेल्धुरा अस्पतालमा बीमा सुविधा लिन चाहेमा सिफारिससहित आउनुपर्नेछ। अब डडेल्धुरामा प्रथम सेवा बिन्दुका रूपमा जोगबुढा अस्पताललाई तोकिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur