एलिना चौहानको तीज गीत ‘छोरीको शिर आमा’ सार्वजनिक

Image
Nisarga Hospital

गायिका एलिना चौहानले नयाँ मर्मस्पर्शी तीज गीत ‘छोरीको शिर आमा’ सार्वजनिक गरेकी छन्। सोमबार बेलुका एलिनाको युट्युबमार्फत सार्वजनिक गीतमा श्रीमानबाट पिडित महिलाको वेदना मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

CP Hospital Dhangadhi

प्रेम सापकोटा ‘सोनु’ को शब्द-संगीत र हेमन्त शिशिरको संगीत संयोजनमा बनेको गीतमा एलिनाको एकल स्वर सुन्न सकिन्छ। स्मारिका ढकाल र सुरेश कोहली अभिनीत भिडिओले गीतको भावनालाई थप बल दिएको छ।

Attariya Hospital

गीतलाई एलिनाको व्यक्तिगत अनुभवसँग जोडेर धेरै दर्शकले प्रतिक्रिया जनाएका छन्। सार्वजनिक भएको २० घण्टामै गीतको भ्युज ४ लाख नजिक पुगेको छ। भिडिओ दुर्गा पौडेल टिमको छायांकन र नवीन घर्ती मगरको सम्पादनमा तयार गरिएको हो।

nawajiwan

भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस