धनगढीमा ग्लोबल एजुकेशन एक्सपो, अध्ययन–विदेशका लागि सुनौलो अवसर

Image
Nisarga Hospital

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस धनगढीले यही १६ जुलाई २०२५ (असार ३२ गते) ग्लोबल एजुकेशन एक्सपो आयोजना गर्ने भएको छ। कार्यक्रम एक्सपर्टको धनगढीस्थित कार्यालयमा बिहान १० बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।

CP Hospital Dhangadhi

एक्सपोमा अस्ट्रेलिया, क्यानाडा, युके, अमेरिका र न्युजिल्याण्डका प्रतिष्ठित कलेज तथा विश्वविद्यालयका ३० जना प्रतिनिधिहरूको सहभागिता रहनेछ। विद्यार्थीहरूले प्रत्यक्ष रूपमा यिनीहरूसँग भेटघाट गरी छात्रवृत्ति, भर्ना प्रक्रिया तथा आवश्यक तयारीबारे जानकारी लिन सक्नेछन्।

Attariya Hospital

IELTS र PTE तयारीमा विशेष छुट, आकर्षक गिफ्ट ह्याम्परजस्ता अफरसमेत उपलब्ध हुने आयोजकले जानकारी दिएको छ।

nawajiwan

कार्यक्रमबारे म्यानेजिङ डाइरेक्टर दिपेन्द्र चौधरी र शाखा प्रमुख नीलम चौधरीले भने, “यो एक्सपो सुदूरपश्चिमका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा प्रणाली बुझ्न र आफ्नो करिअर निर्माणमा ठोस निर्णय गर्न मद्दत पुर्‍याउनेछ।”