गिनिज प्रकाशनद्वारा धनगढीमा १३० जना सामाजिक अध्ययन विषय अध्यापनरत शिक्षकलाई प्रशिक्षण

Image
Nisarga Hospital

धनगढीः गिनिज पब्लिकेशन प्रालि काठमाण्डौंको आयोजना र दाहाल पुस्तक पसल धनगढीको सहकार्यमा एक दिने सामाजिक विषय अध्ययन कार्यशाला तथा प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । मंगलबार धनगढीको द गार्डेन होमस्टेमा आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा कैलाली र कञ्चनपुरका संस्थागत विद्यालयमा सामाजिक विषय अध्यापनरत १३० जना भन्दा बढी शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

CP Hospital Dhangadhi

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका विज्ञ समूहका सदस्य अनुभवी प्रशिक्षक तथा पाठ्यपुस्तक लेखक दिनेश अर्यालले सामाजिक विषय अध्यापन गराउँदा ध्यान दिनुपर्ने कुराहरु,सामाजिक विषय पढाउँदा कसरी रुचिकर बनाएर पढाउने,शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बनाउन शिक्षक स्वयमले कत्तिको तयारी गर्नुपर्छ, वार्षिक परीक्षाहरुमा सामाजिक विषयमा उत्कृष्ट नतिजा कसरी ल्यान सकिन्छ,हाम्रो पाठ्यक्रमको निर्माण कसरी हुन्छ आदि विषयमा प्रशिक्षण दिएका थिए । करिबन चार घण्टा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रम प्रश्चात तालिममा सहभागी शिक्षक शिक्षिकाहरुले आफूहरुका लागि यो प्रशिक्षण कार्यक्रम निकै फलदायी भएको प्रतिक्रिया दिए ।

nawajiwan

उनीहरुले कक्षा कोठामा अध्ययन मात्र गर्नुभन्दा पनि बेलाबेलामा दिइने यस्ता खाले कार्यक्रमले आफ्नो शिक्षणको स्तर पनि थाहा हेुने भन्दै आयो गिनिज पब्लिकेशन प्रालि काठमाण्डौं तथा सहकार्य गरिदिने दाहाल पुस्तक पसल धनगढीलाई धन्यवाद दिएका छन । तालिम प्रश्चात सहभागी सबैलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Attariya Hospital

उक्त समापन समारोहमा बोल्दै गिनिज पब्लिकेशन प्रालि काठमाण्डौंका प्रबन्ध निर्देशक विष्णु पौडेलले निजि क्षेत्रलाई राज्यले जहिल्यै सौतेनो व्यवहार गरिरहेको भन्दै दुख व्यक्त गरे । उनले प्रकाशन तथा संस्थागत विद्यालयले सयौंलाई रोजगारी प्रदान गरिरहेको र राज्यलाई कर तिरिरहँदा पनि राज्यले हेपाहा दृष्टिकोणले हेरिरहेको भन्दै आपत्ति व्यक्त गरे । निर्देशक पौडेलले जसले जताबाट भएपनि देशकै सेवा नै गर्ने र राम्रो जनशक्ती उत्पादन गर्नेगरी नै काम गर्ने भन्दै व्यवसाय सँगसँगै आफूले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ताखाले कार्यक्रम गर्दै आएको बताए । उनले आगामी दिनमा अझै सकृयतापूर्वक थप यस्ता कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

गिनिज पब्लिकेशन प्रालि काठमाण्डौंका प्रबन्ध निर्देशक विष्णु पौडेल,दहाल पुस्तक पसल धनगढीका प्रबन्ध निर्देशक मेखराज दहाल,कैलाली र कञ्चनपुर प्याब्सन,एनप्याब्सनका पदाधिकारी तथा सदस्यहरु,प्याब्सन धनगढी नगर कमिटिका तालिम विभाग संयोजक दिपक सुरी अन्य पदाधिकारी,फूलबारी एकेडेमीका प्रिन्सिपल राजेन्द्र चापागाइँ, फूलबारी एकेडेमी कै सञ्चालक रोशन सुवेदी लगायतको उपस्थिति रहेको छ ।