
आज – ३२ आषाढ २०८२ बुधवार को राशिफल

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा बौद्धिक क्षमताको तारिफ हुनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सम्मान पाइएला। नयाँ कार्य प्रारम्भ गर्नका लागि उपयुक्त समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोकिएका कार्यलाई दोहोराएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले सोचे अनुरूप उपलब्धि प्राप्त हुन गाह्रो रहेको छ। गुप्त सूचना बाहिरिनाले कार्य समयमा सम्पादन नहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अरुका लागि धन खर्च गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। समयमा कार्य पूरा नहुनाले अवसरवादीहरूले फाइदा उठाउनेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अवसर प्राप्त भएनी कार्यक्षेत्रमा बाधा आउनेछ। आलस्य वा ढिला गर्ने बानीले समस्या निम्ताउनेछ। अरुको मनोभाव बुझेर आफ्नो कुरा राख्ने प्रयास गर्नुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययन वा लेखन कलामा प्रगति हुनेछ। बोलिको प्रभावले आर्थिक क्रियाकलापमा सफलता मिल्नेछ। कुनै सुखद समाचारले मनमा उत्साह जाग्नेछ। टाढिएका मित्रहरूसँग भेटघाट होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो जमघटमा स्वादिष्ट भोजनको प्राप्ति हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यको साथ मिल्नेछ। आवश्यक पर्दा सहयोगीहरूको सहयोग पाइनेछ। धार्मिक अनुष्ठानमा सेवामूलक कार्यबाट उपलब्धि प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आम्दानी बढ्नुका साथै दिगो कार्य प्रारम्भ हुनेछ। भौतिक संसाधन जुटाउने नयाँ अवसर मिल्नेछ। आफन्तहरूबाट सेवा सत्कार पाइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूबाट राम्रो साथ पाइनेछ। अरुको विषयमा चासोलिदा व्यर्थको झमेलामा पर्नुपर्ला। विद्यार्थीहरूले अध्ययनमा समय दिन नसक्दा पछि पर्न सकिएला सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा मौका पाए पनि थाल्नु अघि माननीय जनहरूसँग सल्लाह लिनुहोस्। आत्मविश्वासमा वृद्धि हुनेछ। परिवारको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। नसोचेको कार्य बन्नाले नयाँ कार्यमा जागर लाग्नेछ। कार्यक्षेत्रमा नयाँ कार्यको प्रस्ताव आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
हाम्रो पात्रो बाट















