भारतको पञ्चायत निर्वाचन सुरक्षार्थ दार्चुला र बैतडीका झोलुङ्गे पुल ७२ घण्टाका लागि बन्द हुने

Image
Nisarga Hospital

दार्चुलाः भारतको उत्तराखण्ड प्रदेशमा साउन ८ र १२ गते (जुलाई २४ र २८) हुने पञ्चायत निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सीमाका झोलुङ्गे पुलहरू अस्थायी रूपमा बन्द गरिने भएको छ।

CP Hospital Dhangadhi

नेपाल–भारत समन्वय बैठकले भारतको पिथौरागढ जिल्लाको आयोजनामा निर्णय गर्दै साउन ५ गते बेलुकीदेखि ९ गते बिहानसम्म दार्चुला जिल्लाका झोलुङ्गे पुलहरू बन्द गर्ने सहमति गरेको हो। यस्तै, साउन ९ गते बेलुकीदेखि १२ गते बिहानसम्म बैतडीको झुलाघाट पुल पनि बन्द गरिनेछ।

Attariya Hospital

दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अस्कोट, द्वालीसेरा, जोलजीवी, बलुवाकोट, एलागाड, रोङ्गती, मलघट्टे, गस्कु, गब्र्याङ, सीता पुलसहितका नाका बन्द गरिनेछ।

nawajiwan

पिथौरागढ, धार्चुला, डिडिहाट, कनालिछिना र बिनु मुनाकोट क्षेत्रमा हुने मतदानलाई शान्तिपूर्ण बनाउन सीमा बन्द गर्ने सहमति भएको हो। बैठकमा दुवै देशका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरूको उपस्थिति थियो।