रोपाइँपछि घर खाली, गाउँमा छैन अवसर ! भारत नै बनेको छ रोजीरोटीको सहारा

Image
Nisarga Hospital

असारमा रोपाइँ सकिएसँगै बाजुराका त्रिवेणी, बुढीगङ्गा, गौमूल, स्वामीकार्तिक खापर लगायतका गाउँबाट भारततर्फ मजदुरी गर्न जाने युवाको सङ्ख्या बढ्न थालेको छ।

CP Hospital Dhangadhi

“गाउँमा कुनै काम छैन, त्यसैले भारत जानु हाम्रो बाध्यता हो,” त्रिवेणी नगरपालिकाका डबलबहादुर नेपाली भन्छन्।

Attariya Hospital

स्थानीय सरकारको उदासिनता, ठेक्कापट्टाको प्रथा र एक्साभेटरमै भर पर्ने प्रवृत्तिका कारण गाउँमा श्रम आधारित काम घट्दै गएको छ। बजेट सभा, तालिम र भेला खर्चमै सकिने गरेको युवाको गुनासो छ।

nawajiwan

त्रिवेणी नगरपालिकाका रोजगार संयोजक अर्जुन रोकायाका अनुसार गत वर्ष ५८ लाख ६० हजार बजेटमा ८० जनाले मात्र एक सय दिन रोजगारी पाए। यस वर्ष अझै बजेट नआएको उनले जानकारी दिए।

गाउँमा अवसर नपाएका धेरै युवा अहिले मार्तडी, बाम्का र बेतालमाण्डौका बसपार्कमा भारत जाने तयारीमा छन्। प्रधानमन्त्री स्वारोजगार कार्यक्रम प्रभावकारी नहुँदा गाउँमै बस्ने वातावरण नबन्दा युवाहरू पलायन हुन बाध्य छन्।