सुदूरपश्चिम सरकारद्वारा लगानी सम्मेलनको तयारीमा कोशी प्रदेशसँग अन्तरक्रिया

Image
Nisarga Hospital

धनगढी: आगामी असोज १ र २ गते धनगढीमा हुने सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको तयारी तीव्र पार्दै सुदूरपश्चिम प्रदेश सरकारले कोशी प्रदेशसँग अनुभव आदानप्रदान गरेको छ।

CP Hospital Dhangadhi

बुधवार आयोजित भर्चुअल कार्यक्रममा कोशी प्रदेश सरकारसँग नीति, कानुन र लगानी सम्मेलनको व्यवस्थापन सम्बन्धी अन्तरक्रिया गरिएको हो। कोशी प्रदेश सरकारले यसअघि वैशाख १८ र १९ गते ‘कोशी प्रदेश लगानी सम्मेलन २०८२’ सम्पन्न गरिसकेको छ।

Attariya Hospital

उक्त सम्मेलनमा सार्वजनिक–निजी साझेदारी (PPP) मा आधारित २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड रुपैयाँ र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड रुपैयाँ लगानीका लागि समझदारीपत्र (MOU) हस्ताक्षर भएका थिए।

nawajiwan

अनुभव आदानप्रदान कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, विभिन्न मन्त्रालयका मन्त्री, प्रमुख सचिव, सम्बन्धित मन्त्रालयका सचिवहरू, सम्मेलन तयारी समिति तथा उपसमितिका संयोजक तथा सदस्यहरू सहभागी थिए। कोशी प्रदेशबाट मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाईं तथा कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोईराले आफ्नो अनुभव प्रस्तुत गरेका थिए।

सुदूरपश्चिम प्रदेशले आगामी सम्मेलनलाई प्रभावकारी बनाउन अन्य प्रदेशको अभ्यासलाई सशक्त आधारको रूपमा लिँदै नीति, कानुन तथा रणनीतिक तयारीमा जोड दिइएको बताइएको छ।