
कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क शववाहन सेवा सुरु गरेको छ। नगरपालिकाको आफ्नै पहलमा सञ्चालनमा ल्याइएको उक्त सेवा साउन १ गतेदेखि औपचारिक रूपमा लागू भएको हो।

नगरपालिकाको प्रांगणमा शववाहनको पूजा नगर उपप्रमुख द्रोपती रानाले बिहीबार सम्पन्न गरिन्। अबदेखि नगर क्षेत्रभित्र मृत्यु भएका व्यक्तिहरूको शव अन्तिम संस्कारका लागि सहज रूपमा निशुल्क ढुवानी गर्न सकिने भएको छ।
नगर प्रमुख हेमराज ओझाले शववाहन सेवा सञ्चालन हुनु नगरबासीका लागि ठूलो राहत भएको बताउँदै भने, “हामी नगरवासीको शुख – दुःखमा साथ दिन प्रतिबद्ध छौं। यो सेवा आर्थिक अभावमा परेका परिवारका लागि उपयोगी बन्ने बताएका छन ।”


नगर उपप्रमुख द्रोपती रानाले शववाहन पूजा कार्यक्रममा बोल्दै भनिन्, “नगरपालिकाले सामाजिक न्याय र मानविय संवेदनालाई प्राथमिकतामा राखेर यो सेवा सञ्चालनमा ल्याएको हो। अब नगरवासीलाई शव ढुवानीका लागि बाहिरबाट सवारी खोज्नुपर्ने झन्झट हटेको बताएकी छिन ”
नगरपालिकाले चालक प्रेम जोशीलाई जिम्मेवारी दिएको छ। सेवा आवश्यक परेमा निम्न नम्बरमा सम्पर्क गर्न सकिनेछ:
-
📞 9766088011
-
📞 9708041144
शववाहन सेवा सञ्चालनसँगै नगरपालिकाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय नागरिकको विश्वास जित्न सक्ने अपेक्षा गरिएको छ।






























