छाउपडीमा ज्यान गुमाएकी कमलाको परिवारलाई कांग्रेसद्वारा आर्थिक सहायता

Image
Nisarga Hospital

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको छाउपडी गोठमा सुत्दा सर्पदंशबाट निधन भएपछि नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. २ (क) कञ्चनपुर कार्यसमितिले पीडित परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ।

CP Hospital Dhangadhi

सभापति झकरबहादुर खड्का ‘पुरन’को नेतृत्वमा कांग्रेस पदाधिकारीहरूको टोलीले मृतकको घरमै पुगेर परिवारलाई नगद २१ हजार ५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो।

Attariya Hospital

कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, छाउपडी प्रथा जस्तो अन्धविश्वास अन्त्य गर्न सरकार र सरोकारवालासँग कडा पहल गर्न माग गरेको छ।

nawajiwan