सुदूरपश्चिमका पहाडी जिल्लामा हरेली संक्रान्ति मनाइँदै, साउने सोमबारसँगै धार्मिक उल्लास

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा परम्परागत हरेली संक्रान्ति पर्व श्रद्धा र सांस्कृतिक उत्साहका साथ मनाइँदैछ। कृषिमा हरियाली फैलिएको संकेतस्वरूप मनाइने यस पर्वमा खेतमा मेलको दाना राखिएको हरियो हाँगा (हागो) गाड्ने चलन छ।

CP Hospital Dhangadhi

धान, कोदो लगायतका बाली रोपिसकेपछि उत्पादनमा वृद्धिको कामना गर्दै खेतको बिचमा हरेलो राखिन्छ। यसले रोग-व्याध टराओस्, बालीनाली फस्टाओस् भन्ने विश्वास गरिन्छ। साथै, घरको सुरक्षाका लागि पनि झिझिरकाणो वनस्पतिको हरियो हाँगा झुण्ड्याइने परम्परा छ।

हरेली संक्रान्तिलाई सौर्य पद्धतिअनुसार सूर्यको दक्षिणायन प्रारम्भ हुने दिनका रूपमा पनि मानिन्छ। यस दिन वृक्षरोपण गरेर समेत वातावरणीय सन्देश दिने परम्परा रहेको छ।

nawajiwan
Attariya Hospital

सुदूरपश्चिमका पहाडी भेगमा हरेक महिनाको संक्रान्तिलाई छुट्टाछुट्टै नाम दिइ पर्वका रूपमा मनाइने परम्परा छ। उदाहरणका लागि, बैशाख संक्रान्तिलाई बिषु, माघलाई नरहरि, भदौलाई ओल्के, असोजलाई बुडढुनी भनिन्छ भने साउनको संक्रान्तिलाई हरेली संक्रान्ति भनिन्छ।

यता, आज साउन महिनाको पहिलो सोमबार परेको अवसरमा शिवभक्त महिलाहरू व्रत बसेर शिव आराधनामा जुटेका छन्। विशेषतः विवाहित महिलाहरूले सौभाग्यको प्रतीकस्वरूप हरियो चुरा, हरियो वस्त्र, पोते र मेहन्दी लगाएर पूजा गर्ने परम्परा रहेको छ।

हरेली संक्रान्ति र साउने सोमबारको संगमले आज सुदूरपश्चिममा धार्मिक र सांस्कृतिक वातावरण झनै उल्लासमय बनेको छ।