सुदूरपश्चिममा साउनसँगै धार्मिक उत्साह, शक्तिपीठहरूमा बत्ती बाल्ने चलन सुरु

Image
Nisarga Hospital

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा साउन महिनाको आरम्भसँगै धार्मिक र सांस्कृतिक गतिविधिहरूमा चहलपहल बढेको छ। साउनलाई ‘बत्ती बाल्ने महिना’का रूपमा लिने यहाँको परम्परा अनुसार विभिन्न मठमन्दिरहरूमा पूजाआजा, भजनकीर्तन र रातभर जाग्राम बस्ने परम्परा पालना गरिँदै आएको छ।

CP Hospital Dhangadhi

स्थानीय धार्मिक जानकार घनश्याम लेखकका अनुसार श्रावण महिनाभरि शक्तिपीठ र शिवमन्दिरहरूमा दीप प्रज्वलन गर्ने चलन रहेको छ। यसलाई श्रद्धा, आस्था र प्रकृति पूजाको महिना मानिन्छ।

अनिरुद्ध मन्दिरका पूजारी गणेशदत्त अवस्थीका अनुसार साउन महिना विशेषगरी भगवान शिवको आराधनाका लागि समर्पित हुने भएकाले भक्तजनहरू बिहानदेखि साँझसम्म मन्दिरमा पूजापाठमा जुट्ने गर्छन्। यस अवधिमा मनोकामना पूर्ण हुने विश्वासले आस्थावानहरूको भीड लाग्ने गर्दछ।

nawajiwan
Attariya Hospital

बैतडीका प्रसिद्ध मठमन्दिरहरू — सातबैनी भगवती, सातभाई केदार, त्रिपुरासुन्दरी, मेलौली भगवती, डिलाशैनी, रौलाकेदार, सिगासधुरा, ग्वाल्लेक केदार, ईश्वरी गंगाधाम, दोगडाधाम, शिवनाथ र गोफाकेदार धाममा श्रावण महिनाभरि दर्शनार्थीहरूको ओइरो लाग्ने गर्छ।

रौलाकेदारका पूजारी विष्णुदत्त भट्टका अनुसार यहाँ दर्शन गर्नाले बद्रीकेदार जतिकै पुण्य प्राप्त हुने जनविश्वास छ। यस्तै, सिगासधुरा धामलाई पनि भगवान शिवको बासस्थान मानी मनोकामना पूरा हुने धार्मिक आस्थाले दर्शनार्थीहरू तानिएका छन्।