मुक्त कमैया दिवसका अवसरमा कैलालीका पाँच पालिकामा भोलि स्थानीय बिदा

Image
Nisarga Hospital

कैलालीका विभिन्न पालिकाले साउन २ गते (शुक्रबार) पर्ने मुक्त कमैया दिवसको अवसरमा भोलि स्थानीय बिदा दिने निर्णय गरेका छन्। जानकी गाउँपालिका, कैलारी गाउँपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाले आफ्ना क्षेत्रका सार्वजनिक निकायमा बिदा दिने सार्वजनिक सूचना जारी गरेका हुन्।

CP Hospital Dhangadhi

पालिकाहरूले कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी दिएका छन्।

Attariya Hospital

२०५७ साल साउन २ गते तत्कालीन सरकारले कमैयालाई बँधुवा श्रमिकको अवस्थाबाट मुक्त गरेको घोषणा गरेको थियो। त्यस दिनको सम्झनामा मुक्त कमैया दिवस हरेक वर्ष मनाउने गरिन्छ।

nawajiwan

यस वर्ष कमैयामुक्तिको २५ वर्ष पुगेको छ। तर अझै पनि उनीहरूको गाँस, बास, कपास र रोजगारीको समस्या समाधान नभएको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जानकारी दिनुभयो। पुनःस्थापनाको काम सुस्त गतिमा भए पनि जारी रहेको उहाँको भनाइ छ।