गौरीगंगाका ‘हाकिम’ नगर प्रमुखका स्वकीयबाट कुटिए, दिनभर सुरक्षाको घेरामा हाकीम

Image
Nisarga Hospital

अत्तरिया: गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कडेलका स्वकीय सचिव उमेश जोशीले प्रमुख प्रशासकीय अधिकृत (उप–सचिव) धर्मानन्द जोशीमाथि हातपात गरेका छन्।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, प्रमुख कडेलका सहयोगी जोशीले प्रशासकीय अधिकृतमाथि कुटपिट गरेका हुन्। तर पीडित धर्मानन्द जोशीले हालसम्म प्रहरीमा कुनै जाहेरी वा निवेदन दर्ता गराएका छैनन्।

Attariya Hospital

घटनापछि इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृतको सुरक्षा दिएको थियो।

nawajiwan

स्रोतका अनुसार, नगर प्रमुख कडेल र प्रमुख प्रशासकीय अधिकृत जोशीबीच असार महिनाभरि बोलचाल समेत बन्द रहेको जनाइएको छ। हातपातको कारण खुल्न नसकेको भए पनि घटनापछि नगर प्रमुख कडेलको संयोजनमा छलफल भएको र स्वकीय सचिव उमेश जोशीलाई माफी दिने तयारी गरिएको बताइएको छ।