जन्मदिनमा सेवामूलक कार्य: अत्तरियाको सेभ हाउसका बालबालिकालाई पोसाक वितरण

Image
Nisarga Hospital

अत्तरिया: महिला तथा बालबालिका सेभ हाउस, अत्तरियामा आश्रित ८ जना बालबालिकालाई विद्यालय पोसाक वितरण गरिएको छ।

CP Hospital Dhangadhi

यो सहयोग हेमा श्री फाउन्डेसन नेपालकी संस्थापक अध्यक्ष **मञ्जु पौड्याल (हेमा श्री)**को जन्मदिनको अवसरमा प्रदान गरिएको हो।

nawajiwan

हाल अमेरिका बसोबास गर्दै आएकी पौड्यालले जन्मदिनमा फजुल खर्च नगरी सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्छ भन्ने सोचसहित बालबालिकालाई सहयोग गरेकी हुन्। उनले फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त बाजे र सचिव चक्रजित रावलको उपस्थितिमा सेभ हाउसमा रहेका अनाथ, टुहुरा र विपन्न बालबालिकालाई पोसाक वितरण गराएकी हुन्।

“बुवाबाट पाएको प्रेरणाले जन्मदिनलाई सामाजिक सेवामा समर्पण गर्न मन लाग्यो,” पौड्यालले भनिन्, “सबैले जन्मदिनमा फजुल खर्च गर्नुको साटो दुःखीलाई सहयोग गर्ने बानी बसाल्नुपर्छ।”

Attariya Hospital

उक्त अवसरमा उनले आगामी वर्षहरूमा पनि यस्तै समाजसेवामूलक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

कार्यक्रममा विभिन्न व्यक्तित्वको उपस्थिति
पोशाक वितरण तथा जन्मोत्सव कार्यक्रममा सेभ हाउस अध्यक्ष जानकी मलासी, समता स्कुलकी प्राचार्य रितु पाण्डे शाहु, समाजसेवी लक्ष्मण बोगटी, यशोदा भट्ट, सेभ हाउसका बालबालिका र अभिभावकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले आर्थिक अभावका कारण पोसाक जुटाउन कठिन हुने बालबालिकालाई सहयोग गर्नु महान कार्य भएको भन्दै मञ्जु पौड्यालको सामाजिक योगदानको प्रशंसा गरे।

हेमा श्री फाउन्डेसनले यसअघि पनि जन्मदिनका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री, पोसाक र अपांगता भएका व्यक्तिलाई ह्वीलचेयरजस्ता सहयोग प्रदान गर्दै आइरहेको छ।